arrow

नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
subash-nembang-illam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने भएको छ।

एमालेले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय नेता नेम्वाङको बिहीबारमात्रै अन्त्येष्टि गरिने जानकारी दिएको छ। नेम्वाङका छोरा बुधबार साँझ मात्रै नेपाल आइपुग्ने भएपछि बिहीबार अन्त्येष्टि गरिने भएको हो ।

विज्ञप्तिमा उनको शव बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक एवम् धार्मिक संस्कारका लागि शव उनको निवास बालुवाटारमा राखिने जनाइएको छ।

त्यसपछि राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा बिहीबार बिहान ११ बजे दाहसंस्कार गरिनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ