arrow

सल्यान दश स्थानीय तहको संरचना सिफारिस

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
Salyan-hamrakura.jpg.jpeg
सल्यान । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सल्यानले जिल्लामा १० वटा स्थानीय तहको संरचना हुने निर्णय गरेको छ । सल्यानका स्थानीय विकास अधिकारी एवम् प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा यहाँ बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । 
 
बैठकले वनगाड कुपिन्डे नयाँ नगरपालिका थप गरी तीन नगरपालिका र सात गाउँपालिकासहित स्थानीय निकाय पुनर्संरचना आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । 
 
जिल्लाको काप्रेचौर, कालीमाटी काल्चे, कालीमाटी रामपुर र लक्ष्मीपुर गाविसलाई जोडेर कालीमाटी गाउँपालिका सिफारिस गरेको छ भने काभ्रा, फलाबाङ, काराँगिठी र त्रिवेणी गाविसलाई मिलाएर त्रिवेणी गाउँपालिका तथा धाबाङ, सारपानी गर्पा, रिम, सिनवाङ गाविसलाई मिलाएर कपुरकोट गाउँपालिका तथा दमाचौर, लेखपोखरा, कोर्बाङ झिम्पे र छायाँक्षेत्र गाविसलाई मिलाएर छत्रेश्वरी गाउँपालिकाका हुने गरी आयोगमा सिफरिस गरिएको संयोजक रामचन्द्र पौडेलले बताए । 
 
पौडेलका अनुसार शारदा नगरपालिका– ७ कजेरी सिद्धेश्वरी, चाँदेकरेञ्जी, बाँझकाँडा गाविसलाई मिलाएर ढोरचौर गाउँपालिका तथा भल्चौर, दार्माकोट, ढाकाडाम गाविसलाई मिलाएर दार्मा गाउँपालिका हुने सिफारिस गरिएको छ । 
 
त्यस्तै देवस्थल, बामे, मूलखोला, घाजरी पिपल गाविसलाई मिलाएर वनगाड कुपिन्डे नगरपालिका, जिमाली, मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ र वनगाड गाविसलाई मिलाएर कुमाखमालिका नगरपालिका तथा बाँफूखोला गाविसलाई बागचौर नगरपालिकामा मिलाएर बागचौर नगरपालिकाको लागि सिफारिस गरेको समितिका संयोजक रामचन्द्र पौडेलले बताए । 
 
समितिले बुधबारदेखि जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकामा वडा विभाजन तथा जनमत सङ्कलन अभियान सुरु गर्ने भएको छ । 
 
जिल्लामा सम्पन्न सर्वदलीय बैठकले कात्तिक १० गते ढोरचौर र रागेचौर तथा कात्तिक ११ गते देवस्थल, लेखपोखरा, लुहाम, कपुरकोट र भल्चौरमा पुगेर त्यहाँका स्थानीयवासीको राय सुझावसहितको जनमत सङ्कलन गरिने सदस्य सचिव वलीले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ