arrow

पाँच प्रदेशमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
climate.jpg

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक-दुई स्थानमा  मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको भइरहेको छ ।

आज  देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ