arrow

लोकमानले समानन्तर सरकार चलाउन खोजे : नेता आचार्य

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
bhim-acharya.jpeg
धनकुटा । नेकपा (एमाले)का नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु परेको बताएका छन् । 
 
प्रेस चौतारी नेपालले बुधबार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा आचार्यले कार्कीले समानान्तर सरकार चलाउन मात्र खोजेनन्, अदालतको मानहानी हुनेगरी संवैधानिक व्यवस्थाको धज्जी उडाउने भएकाले पनि उनका विरुद्धको महाअभियोग प्रस्ताव संसद्को दुई तिहाइ मतले पारित हुने दाबी गरे। 
 
एमाले प्रदेश नं. १ का इन्चार्ज समेत रहेका नेता आचार्यले संविधान कार्यन्वयनका लागि दलबीचको एकता आजको आवश्यकता हो भन्दै दलबीचको सहमति र सहकार्यबाट नै मुलुकको समृद्धि हुने बताए । 
 
संविधान कार्यन्वयनमा सबै दल एक ठाउँमा नआए सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्भव नहुने बताउँदै उनले भने – संविधान कार्यान्वयनका लागि दलबीच सहकार्य गर्न एमालेले छलफल अगाडि बढाएको छ । 
 
नेता आचार्यले संविधानमा सबैजातजाती, भाषा, धर्म र समुदायको अधिकार सुनिश्चित गरेकाले अब अधिकारको आन्दोल आवश्यकता नभएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ