arrow

मकवानपुर नापी कार्यालयमा लागेको आगो नियन्त्रणमा, १९ घाइतेको उपचार हुँदै

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
Makwanpur-hamrakura.jpg.jpeg

मकवानपुर । हेटौडामा जिल्ला नापी कार्यालय रहेको घरमा आगलागी भएको भएको छ । आगलागी भएपछि भागदौड मच्चिदा १९ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दमकल, स्थानीय र सुरक्षाकर्मीको सहायतामा आगो नियन्त्रणमा आएको छ । हेटौंडा उपमहानगरनगरपालिका–५ सानो पोखरास्थित एउटा घरको भुइँतल्लामा आगो लागेको बीचका दुई तल्लामा रहेको नापी कार्यालयम सम्म पुगेपछि कार्यालयमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।
आगो कहाँबाट सुरु भयो भन्ने नखुलेपनि पड्किएका सिलिण्डर देखिएकाले भुइँतल्लामा रहेको चिया पसलबाट आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक बामदेव गौतमका अनुसार सोही घरको भुइँतल्लामै डोरी, पोलिथिन पाइहरु भएको ठूलो हार्डवेयर पसल रहेकाले पाइपहरु सल्किएपछि बढी क्षति भएको हो । हार्डवेयर पसलमा पूर्ण क्षति भएको प्रनाउ गौतमले जानकारी दिए । गौतमका अनुसार आगलागीबाट केही मोटरसाइकल समेत जलेका छन् । क्षतिको थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ