arrow

बुबाको मुख हेर्ने दिनलाई आईएमई पेले ल्यायो अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
imepay-2080-05-27.jpg

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" ले बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “मेमोरिज विथ फादर शेयर द जोए” नामक अफर सार्वजनिक गरेको छ।  

भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आईएमई पेको फेसबुक पेजमा रहने “बुबाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफू र आफ्नो बुबाको मीठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ । 

ती कमेन्टहरूमध्ये सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने र  विजेताहरूलाई ह्युमन फिटको पाँच हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने आईएमई पेले जनाएको छ । 

’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आईएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । 

२० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ