arrow

नेम्वाङको पशुपतिमा अन्तिम संस्कार, प्रधानमन्त्रीबाट राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
nemwang-pashupati-funeral-ceremony.jpg

काठमाडौँ । संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार भइरहेको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओडाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका छन् । 

प्रचण्डले सरकारको तर्फबाट सम्मान व्यक्त गरेका हुन् ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायत शिर्ष नेताहरू र नेपाल सरकार उच्च पदस्थ पदाधिकारीलगायत पशुपति आर्यघाटमा पुगेका छन् ।  

 पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाट पुगेर उनलाई श्रद्धाञ्जली दिनेको लामो लाम देखिन्छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका छन् । 

सोमबार राति निधन भएका नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि भइरहेको छ । यसअघि मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । 

बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको थियो । 

पशुपति आर्यघाटमा हजारौँ सर्वसाधारण शोकमा सहभागी भएका छन् । 

उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

नेम्वाङका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ