arrow

नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
parliament-2080-05-28.jpg

काठमाडौँ । प्रतिनिधि सभाले संविधान सभा अध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

बिहीबार दिउँसो बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । नेम्वाङको निधनको शोकमा प्रतिनिधि सभामा एक मिनेट मौनधारण गरिएको थियो ।

गत मंगलबार हृदयाघातबाट निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ । 

उनी संविधान सभा अध्यक्ष, पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य थिए । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभा सदस्य रहेका थिए ।

यसअघि बिहीबार नै बसेको राष्ट्रिय सभा बैठकले पनि नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ