arrow

पोखरा चिसाखोला वेद विद्याश्रममा सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
Dhading-tripura.jpg

पोखरा । पोखरास्थित धादिङ त्रिपुरा बाराही महिला समूहले पोखरा चिसाखोला वेद विद्याश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

साथै समूहले आश्रमका ४७ जना बटुकहरूलाई भोजनसमेत खुवाएको छ । 

कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर विद्याश्रममा सहयोग गरिएको समूहकी अध्यक्ष बबीता मल्लले जानकारी दिइन् ।

समूहको सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि मानव सेवा आश्रम, विद्यालय र अति विपन्न वर्गका परिवारलाई आर्थिक एवं जिन्सी सामाग्री सहयोग गर्दै आइरहेको अध्यक्ष मल्लले जानकारी दिइन् ।

समूहले विद्याश्रमका संरक्षक पं. मोक्षनाथ तिमिल्सिनालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । 

संरक्षक तिमिल्सिनाले दाताकै सहयोगले विद्याश्रम सञ्चालन हुँदै आएको भन्दै महिला समूहको कार्यप्रति खुसी प्रकट गरे । 

समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विन्दा धरेलले स्वागत र सचिव रचना अधिकारीले कार्यक्रम संचालन गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ