arrow

संविधान बनाउन नेम्वाङले खेलेको भूमिका इतिहासले स्मरण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
Subash-chandra-negmang-death.jpg
तस्बिर-फाइल

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान बनाउन खेलेको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने जनाएको छ । 

नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले आज जारी गरेको शोक वक्तव्यमा नेपालको संसदीय राजनीतिलाई उनले लगाएको गुण सदा स्मरणीय रहने उल्लेख गरिएको छ । 

नेम्वाङले नेपालमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान बनाउन खेलेको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

“संसदीय अभ्यासलाई मर्यादित र परिपक्व बनाउन उहाँले खेल्नुभएको भूमिका भावी पुस्ताका लागि सदा स्मरणयोग्य छ”, वक्तव्यमा उल्लेख गरिएको छ, “उहाँको निधनपछि मुलुकले एक इमान्दार, निष्ठावान र परिपक्व नेता गुमाएको छ । फाउन्डेसनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्तिको कामना पनि गर्दछ ।” 

नेम्वाङको असामयिक निधनको खबरले फाउन्डेसनलाई मर्माहत बनाएको वक्तव्यमा भनिएको छ । फाउन्डेसन संविधान जारी गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापना भएको संस्था हो । 

फाउन्डेसनले विपी कोइरालाले मेलमिलापको नीति लिई २०३३ साल पुस १६ भारत प्रवासबाट फर्केपछि जनमत सङ्ग्रह घोषणा नभएसम्मका विषय समेटेर ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिसकेको संस्थाका सदस्यसचिव कोइरालाले बताए । 

उनका अनुसार संस्थाले अन्य राजनीतिक इतिहासका विषयमा पनि खोजी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ