सिन्धुली। नेपाल तरुण दल सिन्धुलीले आफ्नो संगठनको ६४ औ स्थापना दिवसको अवसरमा वालमन्दिर प्राथामिक विद्यालयका आश्रित द्धन्द्ध पिडित वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
उक्त अध्ययनरत २३ जना विद्याथीहरुलाई झोला, कपी, पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको तरुण दल सिन्धुलीका सचिब विष्णु कार्कीले बताए ।
जिल्ला सभापति विजय कुवरको अध्यक्षता तथा नेपाली कांग्रेस सिन्धुली सभापति उज्वल प्रसाद वरालको प्रमुख आतित्यतामा भएको कार्यक्रममा तरुण दलका पुर्व महासचिव पुष्प पराजुली, जिल्ला नेता प्रेमचन्द्र दाहाल, माणिक ढकाल, सचिव दिपक घिमिरे, तरुणदल केन्द्रिय सदस्य आकास श्रेष्ठ काग्रेसका जिल्ला नेताहरु खड्ग वाइवा, गंगा दाहाल, शरद आर्चाय, वलराम वराल, सुमन कोइराला लगायतको उपस्थित रहेको थियो ।
नेपाली कांग्रेसको आन्दोलनको मूल बैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्धारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्धारा वर्षौदेखि जरो गाडेर बसेको सामन्ती परिपाटी र संस्कारका विरूद्ध मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान बी. पी. कोइरालाको मूल प्रेरणामा २०१० कार्तिक १० गते नेपाल तरूण दलको स्थापना भएको हो ।
नेपाली कांग्रेसले निर्दिष्ट गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य अनुसार २०४६ सालको जनआन्दोलनले स्थापित गरेको मूल्य र पद्धतिको अभ्यास र अनुपालनका साथ शहिदहरुलाई स्मरण र सम्मान गर्दै नेपाली समाजलाई गरिबी, पछौटेपन एवं सामन्ति संस्कार र प्रवृत्तिबाट मुक्त गरी कुशल पुस्ता तयार गर्ने प्रयोजनले देशको तरूण शक्तिलाई संगठित रूपमा परिचान गर्न नेपाल तरुण दलको महत्वपूर्ण भूमिका रहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध, नेपाली समाजलाई सम्बृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउनु र समाजमा विद्यमान सामाजिक कुरिति, सामन्ती सोचाई र संस्कार विरूद्ध संघर्ष गर्नु तरुण दलको मुख्य उदेश्य र कार्य रहेको छ ।