arrow

सानिमा बैंकको लाभांश बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
sanima.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश बढेको छ । बैंकको विगतको तुलनामा गत आर्थिक वर्षको लाभांश बढेको हो । 

बैंकले गत आर्थिक वर्ष २०७९–०८० को सञ्चित मुनाफाबाट कुल १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बिहीबारको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५।७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

गत वर्ष बैंकले कुल १०.९८ प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश थियो । 

बिहीबार प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने पनि बैंकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ