arrow

ठेकेदारको लापरबाहीले नालामा खसेर बालकको मृत्यु

logo
निरञ्जन साह,
प्रकाशित २०८० भदौ २९ शुक्रबार
nala-accident-2080-05-30.jpg

धनुषा । जनकपुरधाममा ठेकेदारको लापरबाहीले खुला छाडेको सडकको नालामा खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन हुन् । 

शुक्रबार बिहानै उठेर साढे ६ बजे घर अगाडि खेलिरहेका बालक छेउँको नाला (चेम्बर) मा खसेका थिए । परिवारजनले खोजबिन गरेपछि मुख तल र खुट्टा मात्रै थोरै देखिएको अवस्था भेटिएको स्थानीय शैलेन्द्र मुख्याले बताए । 

चेम्बरबाट निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो । स्थानीय दुःखी मण्डलका अनुसार मधेस प्रदेश सरकारको बजेटमा दुई वर्षअघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन ।

ठेकेदार र उपमहानगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र बच्चा त्यसको सिकार भएको स्थानीय मण्डलले बताए ।

बच्चाको मृत्युुले गाउँ शोकमग्न बनेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ