arrow

मुख्य तीन दलबीच मिलेर जाने सहमति, ‘लोकमान’ महाभियोगमा शीर्ष तीन नेता एकै कित्तामा

सम्वाद जारी राख्ने

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
olidahaldeuba.jpeg

काठमाडौं । मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच देशमा उत्पन्न राजनीतिक परिस्थिति र महत्वपूर्ण राजनीतिक विषयमा मिलेर जाने समझदारी भएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वुधबार सरकारी निवास बालुवाटारमा डोकेको बैठकमा कांग्रेस, एमालेसहितका शीर्ष नेताबीच संविधान संशोधन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा प्रस्तुत महाभियोग प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा मिलेर जाने समझदारी भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठकमा महाभियोग प्रस्ताव, निर्वाचन, संविधान संशोधन, संविधान कार्यान्वयन लगायतका विषयमा छलफल भएको र शीर्ष तहको सम्वाद जारी राख्ने कुरा भएको थियो ।

यस्तै, बैठकबाट बाहिरिँदै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । दुई शीर्ष नेताले प्रधानमन्त्रीसँगको छलफलमा मिलेर जाने समझदारी भएको सुनाए ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविवरुद्धको महाभियोग प्रस्तावमा मंगलबारबाट संसदमा छलफल सुरु भएको छ । यद्यपि, तिहार तथा भारतीय राष्ट्रपतिको भ्रमण लगायतका कारणले संसद कार्तिक २५ गते सम्मका लागि स्थगित गरिएको छ । कार्तिक २५ गते दिउँसो बस्ने संसद बैठकमा महाभियोगमाथिको सैद्धान्तिक छलफलले निरन्तरता पाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ