arrow

प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीनको भ्रमणमा आज जाँदै, राष्ट्र संघीय सभालाई सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३० शनिबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा भाग लिन प्रचण्ड एक टोलीको नेतृत्व गर्दै अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन् ।

हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको थियो । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो । 

 त्यसअघि उनले अमेरिका र चीन भ्रमणका बारेमा संसदमा पनि सम्बोधन गरी जानकारी गराएका थिए । अमेरिकाको उक्त महासभामा उनले सम्बोधन गर्नेछन् र 

अमेरिकाबाट उनी सिधै चीन आउने छन् । चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका विषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारकी प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ