arrow

साता लामो भारत भ्रमणमा निस्किए बाबुराम

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३० शनिबार
baburam-bhattarai-manushi-family.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा शनिबार भारत गएका छन् ।

नेपाल समाजवादी पार्टी (नेसपा) को प्रवास कमिटीको निमन्त्रणामा अध्यक्ष भट्टराई शनिबार भारत प्रस्थान गरेका हुन् । 

साताब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकास लगायतका विषयमा प्रवचन दिनेछन् ।

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। 

भारतका मुख्य शहरहरू गोवा, कर्नाटक, नयाँदिल्ली र चन्डिगढमा आयोजित कार्यक्रममा सहभागी भएर उनी असोज ५ गते मात्रै स्वदेश फर्कने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ