arrow

पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३० शनिबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गरेसँगै उनी नफर्कुन्जेल खड्काले कार्यवाहकको रुपमा सम्हाल्नेछन् । 

प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणमा जानेने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधान तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ