काठमाडौं । प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले पश्चिम पृतना अन्तर्गत जोमसोमस्थित भीमदल गणको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा प्रधान सेनापति क्षत्रीले भीमदल गणको बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिए ।
भ्रमणकै क्रममा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई देश र देशबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवं पेशेवर ढङ्गले कटिवद्ध भई लाग्नुपर्नेमा विशेष जोड दिए ।
निरीक्षण पछि प्रधान सेनापति क्षत्री पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर पुगेका छन् । विहिबार उनले पश्चिम पृतना अन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण गर्ने कार्यक्रम छ । निरीक्षण भ्रमणबाट सेनापति क्षेत्री काठमाडाैं फिर्ता हुने छन् ।