arrow

अध्यक्ष तिमिल्सिना समवेदना दिन नेम्वाङ निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
subash-nemwang-family-ganesh-timelsina.jpg

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना व्यक्त गरेका छन् । 

अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदना पत्र हस्तान्तरणसमेत गरे । संविधान सभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको गत मंगलबार हृदयाघातबाट निधन भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले हस्तान्तरण गरेको समवेदनापत्रमा नेपालको शान्तिप्रक्रिया र संविधान सभाबाट नेपालको संविधान जारी गराउन उनको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनको निधनले नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद एवं संसदको पूर्व नेता गुमाएको र राष्ट्रले एक सिद्धान्त निष्ठ देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ