arrow

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेर्रेसबीच भेट, शान्ति प्रक्रियामा चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
antonio-prachnda.jpg

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क  पुगेका प्रधानमन्त्री प्रचण्डले  संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेर्रेससँग भेटवार्ता गरेका हुन् । 

भेटमा नेपालको शान्ति प्रक्रियामा महासचिव गुटेर्रेसले चासो व्यक्त गरेका छन् । दुवैबीच  नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ ।

भेटमा  नेपाल र संयुक्त राष्ट्रसंघ बीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको बताइएको छ ।

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यतालिका छ ।  न्यूयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ