arrow

पाँच प्रदेशमा वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
weather-evergreen-rain.jpg

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  पाँच प्रदेशमा वर्षाको सम्भावना रहेको छ । 

हाल  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती  सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी  भू-भागको एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ