arrow

प्रचण्ड, सभामुखसँगै थुप्रै नेता विदेशमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
prachanda-devraj.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो सातासम्म विदेशमै रहने भएका छन् । भदौ ३० गते साँझ अमेरिका उडेका उनी अमेरिका र ची भ्रमणका क्रममा देशबाहिर रहने भएका हुन् ।

प्रधानमन्त्री अमेरिका पुगेपछि सभामुख देवराज घिमिरे पनि केही दिनका लागि देश छाडेका छन् । उनी पनि आइतबार साँझ आयरल्याण्ड लागेका छन् । 

सभामुख देवराज घिमिरे आयरल्यान्डको औपचारिक भ्रमणमा निस्किएका हुन् । तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आइतबार बेलुकी आयरल्यान्डको भ्रमणमा गएका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख घिमिरे असोज ५ गतेसम्म आयरल्यान्डमा रहनेछन् । भ्रमण टोलीमा सभामुख घिमिरे, प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।

सभामुख नेतृत्वको प्रतिनिधिमण्डलमा आयरल्याण्डका लागि नेपालका गैरआवासीय राजदूतावास, लण्डनका द्वतीय सचिव रामबाबु नेपाल पनि सहभागी हुने छन् ।

सभामुख घिमिरे आयरल्याण्डको तल्लो सदनका सभामुखको निमन्त्रणामा औपचारिक भ्रमणमा गएका हुन् । उनी बाहिर जाने पहिल्यै तयारी भएका कारण नै संसद बैठक असोज १४ गतेसम्मलाई स्थगित गरिएको छ र प्रचण्ड अमेरिका उडेको भोलिपल्टै तीन जना सांसद पनि उतैतिर लागेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र नेपाली कांग्रेसकी सांसद रुपा विश्वकर्मा अमेरिका पुगेका हुन् । 

राउत दुई सातापछि फर्किने गरि अमेरिका गएका हुन् । 

आगामी सातातिर फेरि संसदको कृषि समितिकी सभापति डा.आरजू राणा देउवा नेतृत्वको टोली बंगलादेश जाने कार्यक्रम छ । 

यस्तै डा. बाबुराम भट्टराई पनि भारत पुगेका छन् । छोरी मानुषी यमी भट्टराईलाई साथमा लिएर उनी भारत भ्रमणमा पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ