arrow

संस्थापन इतरको बैठक बोलाए शेखर कोइरालाले

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
congress-shekhar-gagan samuha.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक बोलाएको छ। नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठक बोलाएका हुन् ।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि गत साउन २ गते बैठक बसेको थियो । 

उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ