arrow

संस्थापन इतरको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
congress-shekhar-gagan samuha.jpg

काठमाडौँ । आज नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बोलाएका छन् । 

कोइरालाले १४औँ महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठक बोलाएका हुन् ।

बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा दिउँसो साढे १ बजे बस्नेछ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि  कोइरालाले संस्थापन इतर समूहले छुट्टै बैठक बस्न लागेको हो  । 

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ। 

उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ