माचेराटा । र्इटालीको मध्यक्षेत्रलाई केन्द्र विन्दू बनाएर दुई वटा शक्तिशाली भूकम्प गएका छन् । दुई घण्टाको अन्तरमा दुई ठूला भूकम्पका झड्काले हल्लाएपछि त्यहाँका पुराना अधिकांश भवन ध्वस्त भएका छन् ।
पहिलो भूकम्पको झड्का माचेराटा प्रान्तको भिस्सोलाई केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्यूटको गएको थियो ।
त्यसको दुई घण्टापछि सोही स्थानलाई केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युटको भूकम्प गएको हो ।
भूकम्पका कारण मध्य इटालीका पुराना भवनहरु भत्किएका छन् ।
भूकम्पबाट भत्किएका भवनमा च्यापिएर दुई जना घाइते भएको बताइएको छ । घटनाको पूर्ण विवरण भने आउन सकेको छैन ।