arrow

इलाम पुगेर नेम्वाङका छोराले भने- बुबाका अधुरा सपना पूरा गर्नेछु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
suhang-nemwang-subash-nemwang.jpg

मङ्गलबारे । स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफू लागि पर्ने बताएका छन् । 

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको आयोजना तथा एमाले इलामको संयोजनमा गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उनले बुबाका अधुरा सपना पूरा गर्न लागि पर्ने बताए । 

बुबाको निधनले इलाम मात्र नभई सिङ्गो मुलुक नै शोकमा परेको उल्लेख गर्दै उनले सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको, पार्टीले तीन दिनसम्म शोकसहित आधा झण्डा झुकाएर बुबाप्रति सम्मान व्यक्त गरेको उनको भनाइ छ । 

इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण पनि सधैँ  इलामेलीको मस्तिष्कमा रही रहने उनको भनाइ थियो । 

आफ्ना बुबाले सधैँ निष्ठावान् राजनीति गरेको उनले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ