arrow

पोखरामा एकैपटक १७ चौतारीको मर्मत सम्भार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
Chautari pokhara.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ मा एकै पटक १७ वटा चौतारीहरुको मर्मत सम्भार गरिएको छ ।

वडा कार्यालयबाट गत आर्थिक वर्षमा विनियोजित रकम २२ लाख रुपैयाँको लागतमा सो कार्य गरिएको हो । 

नवौं संविधान दिवसको अवसर पारेर बुधबार वडाध्यक्ष बोधबहादुर कार्कीले मर्मत सम्भार गरिएका १७ वटै चौतारीको उद्घाटन गरे ।

वडा कार्यालयद्वारा स्थानीय मोतीबहादुर बानियाको अध्यक्षतामा नौ सदस्यीय चौतारी निर्माण समिति गठन गरिएको थियो ।

साथै वडा सदस्य तनुजा थापा सिके, स्थानीय गोकर्ण कार्की र ललितबहादुर बानिया सदस्य रहेको अनुगमन समिति पनि गठन गरिएको थियो ।  

समितिले वडाभित्र रहेका ऐतिहासिक चौतारीहरु मर्मत सम्भार गरि वडालाई हस्तान्तण गरेको थियो । 

चौतारो उद्घाटन गर्दै वडाध्यक्ष कार्कीले थोरै रकमले पनि धेरै चौतारी मर्मत सम्भार भएको बताए ।

उनले पोखरा महानगरका अन्य वडामा यस्ता कार्य नभएको भन्दै उनले पोखरा-१४ मा पहिलो पटक पृथक शैलीको काम भएको स्पष्ट पारे । 

वडाध्यक्ष कार्कीले वडा भित्रका अन्य चौतारीहरु पनि यसै वर्ष पुनःनिर्माण गरिने जानकारी दिए । 

कार्यक्रममा चौतारी निर्माण समितिका अध्यक्ष मोतीबहादुर बानियाले सबैको सहयोगका कारण समयमै काम सम्पन्न गर्न सकिएको बताए । 

सो अवसरमा अनुगमन समितिका सदस्य ललितबहादुर बानियाले वडामा पहिलो पटक यस्तो कार्य हुनु निकै प्रशंसनीय भएको बताए । 

उनले विकास निर्माणका कारण चौतारीहरु मासिँदै गइरहेको अवस्थामा चौतारी संरक्षणका लागि ध्यान दिनु स्वागतयोग्य कदम भएकोसमेत बताए ।

चौतारी निर्माण समिति सचिवमा हरिकृष्ण कार्की, कोषाध्यक्ष रामचन्द्र केसी, सदस्यहरुमा उद्धवबहादुर कार्की,सरिता कार्की, ईश्वरी गुरुङ, मञ्जु कार्की, रामकृष्ण अधिकारी र राजकुमार भण्डारी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ