arrow

शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ, छिटो टुङ्ग्याऔँ : अध्यक्ष तिमिल्सिना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
ganesh-prasad-timilsina.jpg

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताएका हुन् । उनले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरू आफैँ सक्षम भएर टुङ्गोमा पुर्‍याउनुपर्ने बताए । 

शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने र कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिनु नहुने उनको भनाई छ । उनले शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने बताए । उनले पीडितहरूसँग समेत छलफल गरेर उनीहरूले न्याय पाउने गरी शान्ति प्रक्रियाको विषय टुङ्गिनुपर्नेमा जोड दिए । नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर प्रक्रिया टुङ्गोमा पुर्‍याए अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ