arrow

जन्मोत्सवमा छ सय ८२ जनाले गरे रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
blood-donation-manav-dharma.jpg

काठमाडौं । विश्वशान्ति दिवस तथा मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजको ७३ औँ जन्मोत्सवको अवसरमा छ सय ८२ जनाले रक्तदान गरेका छन् । 

'रक्तदान जीवनदान, आत्म ज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियान' भन्ने उद्घोषका साथ समितिले देशव्यापी रक्तदान आयोजना गरेको थियो ।

मानव धर्म आश्रम काठमाडौँमा एक सय ३५ , भेरी क्षेत्र आश्रम नेपालगन्जको आयोजनामा दाङ र नेपालगन्ज आश्रम परिसरमा एक सय १३ जनाले रक्तदान गरेका छन् । 

साथै लुम्बीनी क्षेत्र आश्रममा ७८ जना, हरिवन क्षेत्र आश्रममा ७०, नारायणी क्षेत्र आश्रममा ५६, महाकाली क्षेत्र आश्रममा २४ जना , मेची क्षेत्र आश्रममा ५५  जना, नारायणघाट आश्रममा ५८ जना, हेटौडा आश्रममा ५६ जना र चरिकोटमा ३७ जनाले रक्तदान गरेका छन् । 

जन्मोत्सवको अवसरमा देशभर रहेका शाखा आश्रमहरूमा पनि रक्तदान गरेका छन् । 

समितिले तीन दशक देखि निरन्तर रक्तदान गर्दै आएको छ । संस्थाले विभिन्न अवसर पारेर हरेक वर्ष देशैभरका आश्रममा रक्तदान गर्ने गरेको छ । 

साथै बिहीबार श्री हंसबोध आश्रम गौशालामा पावन जन्मोत्सव कार्यक्रम गरिएको छ । कार्यक्रममा बागमती प्रमुख महात्मा लता बाईजीले भक्तिको मार्गलाई जीवनमा अनुशरण गर्नुपर्ने बताउँदै भिलीनीको जस्तो भक्ति जीवनमा अपनाउनुपर्ने बताइन् । सोही मध्यमबाट ज्ञानको मार्गमा सफल हुने उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ