arrow

संघीय गठबन्धनको बैठकमा पनि बहस लोकमानकै

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
gathabandhan-meet-new.jpg.jpeg

काठमाडौं । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चासहितको संघीय गठबन्धनले तत्काल आन्दोलनका कार्यक्रम घोषणा नगर्ने भएको छ ।

विहिबार संघीय समाजवादी फोरमको कार्यालयमा बसेको गठबन्धन बैठकले सबै घटकहरुले आन्तरिक छलफल गरेपछि मात्रै संयुक्त कार्यक्रम घोषणा गर्ने निष्कर्ष निकालेको हो ।

शीर्ष दलहरु र सरकारले आफुहरुलाई बारम्बार धोका दिएको भन्दै फेरि पनि धोका हुने भएकाले पर्याप्त छलफल गरी कार्यक्रम घोषणा गर्ने बैठकमा सहभागि तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले हाम्राकुरालाई जानकारी दिए् ।

उनले भने, ‘बैठकमा आफुहरुका मागलाई अन्तै मोड्ने ढंगले विविभन्न गतिविधि भएको कुरा धेरै उठेको छ । यस्तो अवस्थामा हामीले कसैलाई विश्वास गर्न सक्दैनौं ।’ संविधान संशोधनको विषयलाई लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावसंग जोड्ने काम भएको छ ।

उनले थपे, ‘यसरी अघि बढ्ने कुराको कुनै तकु छैन । यो राजनीतिक मोल तौल मात्रै हो ।’ गठबन्धनको बैठकमा महाभियोग लगाउँदा आफुहरुको कुनै राय नलिएको भन्दै यसबारे केही बोल्नै पर्दैन–धेरैले भनेका छन् ।

यद्यपि, उपाध्यक्ष लालले आफुले बैठकमा लोकमानले गरेका गल्तिहरु प्रष्टसँग आउनु पर्ने, भविष्यमा अख्तियारलाई कसरी नियन्त्रण गर्ने र राजनीतिक भ्रष्टाचार लुक्नबाट कसरी जोगाउने भन्ने विषय प्रष्ट बाहिर आउनु पर्छ भनेको सुनाए ।

उनले शीर्ष राजनीतिक दलका नेताहरुले आफुहरुले गरेको भ्रष्टाचार लुकाउन प्रतिशोध साँधेको समेत बताए । उनले भने, ‘आफुहरुलाई टेरेन भनेर कुनै एक व्यक्तिलाई महाभियोग लगाउने कुरा राम्रो होइन ।’ यद्यपि, यो राष्ट्रिय आवश्यकता हो भन्ने विषयमा उनले केही भनेनन् ।

यस्तै, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले बैठकमा संविधान संशोधन, महाभियोग र अन्य राजनीतिक विषयमा व्यापक छलफल भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ