arrow

बाइडेनसँग प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
biden-prachnda.JPG

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । 

केही दिनअघि भएको भेटको तस्बिर प्रचण्डले आज आफ्नो फेसबुक एकाउण्टमा राखेका छन् । 

अमेरिकामा रहँदा प्रचण्डलाई  जो बाइडेन र श्रीमती बाइडेनले स्वागत गरेका थिए ।  न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रि भोजको अवसरमा उनीहरूबिच संक्षिप्त भेटवार्ता भएको हो । 

प्रचण्ड अमेरिकाबाट आज चीन भ्रमणमा निस्किँदै छन् । दक्षिण एसियाली खेलकुदको उद्घाटन सत्रमा भाग लिन उनी चीन जान लागेका हुन्।  प्रधानमन्त्री प्रचण्डलाई २३ सेप्टेम्बर बिहान १० बजे हाङचौमा विदेश मन्त्रीले विमानस्थलमा स्वागत गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ