arrow

विप्लवले भने- सरकारमा रहनका लागि मोर्चा गठन गरिएको होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
Biplav-Netra-chand.jpg

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताबताएका छन् । सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो । 

महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरुले भाग लिएको पटकपटक दोहोर्‍याए ।

 शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्ता समेत औंल्याए । महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले काँग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ