arrow

क्यालिफोर्निया आक्रमण : तशफिन होनहार पाकिस्तानी छात्रा थिइन्

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
_tashfeen_malik_and_rizwan_farook.jpg.jpeg
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको सान बर्नाडिनोमा भएको आक्रमणमा संलग्न तशफिन मलिक पास्तिानी युनिभर्सिटीकी छात्रा रहेको खुलेको छ । तशफिन पास्तिानको मुल्तानमा रहेको बहाउद्दीन जकारिया युनिभर्सिटीकी छात्रा थिइन् ।
 
उनले सो युनिभर्सिटीमा सन् २००७ देखि २०१२ सम्म फार्मेसी पढेको अधिकारीहरुले जनाएका छन् । यद्यपि, युनिभर्सिटीका अधिकारीहरुले तशफिन मलिकका बारेमा सूचना दिन अस्वीकार गरेका छन् । सान बर्नाडिनो गोलाबारीपछि २९ वर्षीया तशफिन र २८ वर्षीय उनका पति रिजवान फारुकको प्रहरीसंगको मुठभेडमा मृत्यु भएको थियो । गोलाबारीमा १४ को मृत्यु हुँदा २१ घाइते भएका थिए । 
 
तशफिन मामिलामा युनिभर्सिटी प्रशासनले गोपनियता अपनाएको छ । पाकिस्तानी सुरक्षा अधिकारीहरुले युनिभर्सिटीसंग जोडिएका तशफिनका सबै दस्तावेज जफत गरेका छन् । तशफिनका प्रोफेसर र कक्षा साथीहरुसंग कुरा गर्न बन्द गरिएको बताइएको छ । प्रोफेसर गुलाम शब्बीरले भनेका छन्–‘उनी एक आम छात्रा हुन्, हामी अझै उनको बारेमा जानकारी खोजीरहेका छौं ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ