arrow

गण्डकीमा भइरहेछ, यी प्रदेशमा पनि वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
climate.jpg

काठमाडौं । हाल देशभर बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती कोशी, बागमती र मधेस प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ