arrow

सहरी विकास मन्त्री केसीबाट समावेशी सहरको प्रतिवेदन प्रस्तुत

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
arjun-narsingh.jpg.jpeg
काठमाडौँ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसी इक्वेडरको राजधानी क्वेटोमा भएको ‘बसोबास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसङ्घीय विश्व सम्मेलन’मा नयाँ सहरी कार्यसूची र दिगो विकास लक्ष्यको मर्मलाई अङ्गीकार गरी समावेशी सहरको नाराका साथ तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका छन् । 
 
उनले सम्मेलनलाई नेपालले भूकम्पपछिको पुनःनिर्माणमा ‘बिल्ड ब्याक वेटर’को सिद्धान्तमा आधारित भई काम गरिरहेको अवगत गराए ।
 
यही कात्तिक १ देखि ४ गतेसम्म भएको सम्मेलनमा दिगो विकास लक्ष्यमा आधारित कार्यसूचीका अतिरिक्त सहरी पूर्वाधार, बसोबास, सुरक्षित खानेपानी, सरसफाइ, सहरी कानुन तथा नीतिगत पक्ष, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप व्यवस्थापन तथा पुनःनिर्माण, बसाइँसराइ तथा सुकुम्बासी समस्या व्यवस्थापन लगायत विषयमा छलफल भएको उनले बताए । 
 
राष्ट्र सङ्घका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा मन्त्रीको सहभागिता भएको सो सम्मेलन नेपाली प्रतिनिधिमण्डलमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव कमलशाली घिमिरे, सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्मा, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक डा रमेशप्रसाद सिंह लगायत सहभागी थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ