arrow

फार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
mohan basnet.jpg
तस्बिर-फाइल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताएका छन् ।

विश्व फार्सी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फर्मसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिए ।

“अनुगमनका क्रममा धेरै ठाउँमा फार्मसीले दिएको सेवामा औषधि होइन, विषादी दिइरहेको पायौँ । अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार सुधार भएको छैन । कारबाहीको प्रक्रिया निरन्तर अघि बढेको छ”, उनले भने ।

 

उनले फार्मसी सेवालाई गुणस्तरीय बनाउन फार्मसिष्ट आग्रह गरे ।

 

“केही फार्मसिष्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मसिष्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । चिकित्सकको सिफारिस बिना लागुऔषध पनि वितरण भइरहेको छ । यस क्षेत्रको विकृतिलाई हटाउन हामी सबै गम्भीर बन्न आवश्यक छ”, उनले भने ।

उनले फार्मसीको सङ्ख्या अनुसार फार्मसिष्ट परिचालन नभएको बताए ।

कार्यक्रममा मन्त्री बस्नेतलाई सङ्घले फार्मसी क्षेत्र सुधारका लागि ऐतिहासिक कदम चालेको भन्दै सम्मान गरेको थियो ।

सङ्घका उपाध्यक्ष टक विकले मन्त्री बस्नेतले मन्त्रालयको कामको प्रशंसा गर्दै फार्मेसीको दर्ता र नवीकरण स्थानीय तहबाट उपलब्ध हुनुपर्ने माग राखे ।

फार्मासिष्टहरुले गैरफार्मसी व्यक्तिले औषधि पसल सञ्चालन गर्ने, स्थायी दरबन्दीको कमी, निरन्तर फार्मेसी शिक्षा, अनुगमन एवं मूल्याङ्कनको अभाव र फार्मेसी अभ्यासको स्तरोन्नतिका लागि सरकारबाट आर्थिक र प्राविधिक सहयोगमा कमी भएको बताए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले तोकेको मापदण्ड पूरा गर्नुको विकल्प नभएको बताए ।

उनले फार्मेसी क्षेत्रको सुधारका लागि तत्काल काम थाल्नुपर्ने बताए ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले डिजिटल फार्मेसी विकासमा जोड दिए ।

प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मेसी दिवस मनाइँदै आएको छ ।

यसवर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ ।

नेपालमा छ हजार फार्मासिष्ट र १२ हजार सहायक गरी १८ हजार फार्मासिष्ट छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ