arrow

निजी खर्चमा सांसद बजगाईले गरे भीरबाट लडेर घाइते भएका लामाको हेलिकप्टरमार्फत उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
bridha-uddhar.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईले निजी खर्चमा घाइते पुरुषको उद्धार गरेका छन् । 

नेपालको मनास्लु हिमालको दुर्गम भूभागबाट वृद्धावस्था भत्ता लिन जाँदा भीरबाट लडेर घाइते भएका छेवाङ्ग दोर्जे लामाको सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको हो ।

उत्तर गोरखाको चुननुब्री गाउँपालिका २ साविक ल्हो गाविसको स्यो गाउँका लामा भत्ता लिन जाँदा भीरबाट लडेर घाइते भएका थिए ।

सोमबार २ बजे तिर लडेका लामालाई हिजो दिन भरको उद्धार प्रयास विफल भएपछि आज उद्धार गरिएको हो । 

लामाको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अहिले लामा बोल्न सक्ने अवस्थामा छन्।

नेपाल सरकारले उडान अनुमति नदिँदा घाइते लामाको उद्धारमा ढिलाइ भएको सांसद बजगाईले बताए । 

लामाको उद्धार गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताएका छन् । 

सांसदले यसअघि पनि विपद्मा परेका गोरखाका उत्तरी क्षेत्रका बासिन्दालाई उद्धार गरी उपचारमा सहयोग गर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ