arrow

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
indradhowza.jpg

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ ।
 
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ । समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । 
 
इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिङ्गो काटिएको थियो । यही असोज ६ गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो । आज लिङ्गोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा शुरु हुन्छ । 

जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ