- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा बस्ने भएका छन् । त्यहाँ रहदा उनले चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछ ।
त्यसअघि प्रचण्डले ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नेछन् ।
उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायात मन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् ।
गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि निस्कनेछन् ।