arrow

काँग्रेस महाअभियोगको पक्षमा छ, एमाले र माओवादीप्रति नै शंका छ – बद्रीप्रसाद पाण्डे

बढी हल्ला गरेर लोकमानलाई ठूलो बनाइँदैछ

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
badree-pandey.jpeg
काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले नेपाली काँग्रेस अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने पक्षमा रहेको बताएका छन् । 
 
उनले हाम्राकुरासंग कुरा गर्दै सांसद पाण्डेले पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरे पनि पार्टी लोकमानलाई महाअभियोग लगाउने पक्षमै रहेको जिकिर गरे । 
 
उनले एमाले र माओवादी केन्द्रप्रति भने शंका ब्यक्त गरे । उनी भन्छन्, ‘महाअभियोग लगाउने सम्बन्धमा एमाले र माओवादी शंकाको घेरामा छन्, संसदको एक तिहाइ सांसद भएको पार्टीलाई जानकारी नगराई महाअभियोग दर्ता गर्नु भनेको कतै उनीहरु नै महाअभियोग लागोस् भन्ने नचाहेका हुन् कि भन्ने लागेको छ ।’
 
पाण्डे भन्छन्, ‘अपत्याशित रुपले महाअभियोग दर्ता गरिंदा पनि एमाले माओवादीप्रति शंका गर्ने ठाउँ छ ।’
 
पाण्डेले महाअभियोग समितिलाई यो विषयमा गम्भीर भएर छानबीन गर्न पनि आग्रह गरेका छन् । कुनै रहस्य भए त्यसको पनि रहस्योद्घाटन हुनुपर्नेमा सांसद पाण्डेको जोड छ । 
 
लोकमानलाई ०७० सालमा नियुक्त गर्दा पनि गल्ती भएको भन्दै अहिले पनि उनलाई त्यो पदमा बचाइराख्नु आवश्यक नभएको उनले बताए । 
 
लोकमानका गतिविधि हेर्दा पनि उनी अख्तियार प्रमुखको पदमा लायक नभएको सांसद पाण्डेको ठहर छ । 
 
काँग्रेसका युवा नेता पाण्डेले लोकमानको विषयलाई सामान्य रुपमा लिनुपर्ने धारणा राख्छन् । 
 
संसदको सामान्य प्रक्रिया अन्तर्गत लोकमानको महाअभियोग अगाडि बढिरहेका अवस्थामा बढी हल्लाखल्ला गरेर लोकमानलाई ठूलो बनाउने काम भएको पनि उनले बताए । 
 
उनी भन्छन्, ‘लोकमानलाई ज्ञानेन्द्र हटाउनु जस्तै गरी ठूलो बनाउन खोजिदै छ यो गलत हो ।’
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ