arrow

अमेरिकामा बोइङ विमान ठूलो दुर्घटनाबाट जोगियो, उपराष्ट्रपतिका उम्मेदवार सकुशल

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
us-plane.jpeg
न्यूयोर्क । अमेरिकी उपराष्ट्रपतिका उम्मेदवार माइक पेन्स चढेको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । पेन्स चढेको विमान बिहीवार बिहान न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा  रेनवेमा चिप्लिएको थियो । 
 
वर्षाका कारण रनवे निकै चिप्लो भएको र अवतरणको क्रममा विमान चिप्लिएको अधिकारीहरुलाई उधृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 
 
यद्यपि घटनामा सबै यात्रुहरु सकुशल रहेको जनाइको छ । विमानमा पेन्सका श्रीमती र छोरीसँगै ३० जना यात्रु थिए । 
 
बोइङ ७३७ सो विमान स्थानीय समय अनुसार ७.४० बजे अवतरणका लागि आएको तर चिप्लिएर विमानले धावनमार्ग छोडेको संघिय उड्डयन प्रशासनका प्रवक्ता जिम पिटर्सले जनाएका छन् । 
 
यद्यपि घटनाको कारणबारे ‘एफएए’ र ‘राष्ट्रिय यातायात सुरक्षा बोर्ड’ ले अनुसन्धान गर्ने भएको छ । 
 
राष्ट्रपतिका रिपब्लिकन उम्मेरद्वार डोनाल्ड ट्रम्पले पनि माइक पेन्स सुरक्षित रहेको जनाएका छन् । एक समुहसँग कुरा गर्दै ट्रम्पले आफ्नो पेस्ससँग कुरा भएको र उनी सकुशल रहेको जानकारी प्राप्त भएको बताए । 
 
यस्तै राष्ट्रपतिका डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टनले पनि पेन्ससँगै सबै यात्रुहरु सकुशल रहेकोमा टुइटर मार्फत खुशी व्याक्त गरेकी छिन् । 
 
माइक पेन्स लोवास्थित आफ्नो चुनावी अभियानको एक कार्यक्रममा सहभागिता जनाएर फर्केका थिए । उनी आसन्न अमेरिकी निर्वाचनको उपराष्ट्रपतिका उम्मेदवार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ