arrow

बालविवाह मुद्दाका तीन दाजुभाइ कारागार चलान

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
khotang.jpeg
खोटाङ । बालविवाह मुद्दामा पक्राउ परेका खोटाङका तीन दाजुभाइ कारागार चलान भएका छन् । अढाइ वर्षअघि भएको बालविवाहको मुद्दामा पक्राउ परेका जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई अदालतको आदेशमा कारागार चलान गरिएको हो । 
 
उमेर नपुगेकी किशोरीसँग विवाह गरेको भन्दै भलाकाजी र विवाहमा सहयोग गरेकामा दाजु जापान र मदनविरुद्ध प्रहरीमा माइती पक्षबाट उजुरी परेको थियो । 
 
तीन दाजुभाइलाई गत साउन २५ गते जिल्ला अदालतले जनही पाँच÷पाँच हजार जरिवाना र एक÷एक महिना कैद सजाय तोकेको थियो । 
 
अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजी गरी बुधबार जालपाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताP । पक्राउलगत्तै जिल्ला अदालतसमक्ष उपस्थित गराइएकामा अदालतकै आदेशमा बिहीबार कारागार चलान गरिएको हो । 
 
सुरुमै पक्राउ परेका उनीहरु १०÷१० हजार धरौटीमा रिहा भएका थिए । बकपत्रपछि अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजेर पक्राउ गरिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ