arrow

बिना अक्सिजन मनास्लु हिमाल आरोहण

logo
हाम्रा कुरा
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
manaslu_climb2.jpeg
तस्बिर : फाइल
काठमाडौं। क्यानेडिएन नागरिक क्रिस्टोफर जेम्सले अक्सिजन बिनानै मनास्लु हिमाल आरोहण गरेका छन्। श्वासप्रश्वासको रोगी समेत रहेका जेम्सले अक्सिजन र शेर्पा बिनै मनास्लु हिमाल आरोहण गरेको पर्यटन व्यवसायी राजेन्द्र केसीले जानकारी दिएका छन्। 
 
८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल विश्वको आठौं र नेपालको सातौं अग्लो हिमाल हो। समिट आठ हजार नाम दिएर हिमाल आरोहणमा रहेका जेम्सले पर्याप्त पूर्व तयारी गरेकाले आफूले अक्सिजन बिनै हिमाल आरोहण गर्न सकेको बताए। 
 
८ हजार मिटर माथिका सबै हिमाल चढ्ने योजनामा रहेको बताउने जेम्स बिना अक्सिजन सगरमाथाको पनि आरोहण गर्ने दाबी गरे। भूकम्पपछि पहिलो पटक नेपाल आएका उनले हिमाल आरोहणका क्रममा धेरै हमपहिरो भेटेको तर जोखिम नरहेको जनाए। 
 
आधारशिविरबाट २२ दिनमा हिमाल आरोहण गरेको बताउने उनी आफू १३ वर्षको उमेर छँदादेखि नै नेपालका हिमाल आरोहण गर्ने सोचाइ बनाएको बताए । गोरखाको उत्तरी सामागाउँमा रहेको यो हिमाल चढ्न वर्षेनी सयौं व्यक्ति मनास्लु पुग्छन्। 
 
भूकम्पका कारण केही प्रभाव परेपनि गोरखाको माथिल्लो उत्तरी क्षेत्रमा पर्ने मनोरम मनास्लु क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको छ। हिमाल आरोहणका लागि मात्र नभई विशिष्ट किसिमको सामाजित, सांस्कृतिक परिवेश र भू-दृश्य, दुर्लभ वन्यजन्तुको अवलोकनका लागि समेत यस क्षेत्रमा पर्यटक आउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ