arrow

राससकर्मी भण्डारी स्वास्थ्यमन्त्री गगन थापाको प्रेस संयोजक नियुक्त

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
Jeevan_Bhandari.jpeg
काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) का उप-सम्पादक जीवन भण्डारी स्वास्थ्यमन्त्री गगनकुमार थापाको प्रेस संयोजकमा नियुक्त भएका छन् ।
 
पाल्पाको जनचेतना साप्ताहिकबाट वि.सं. २०५९ सालदेखि आमसंचारको क्षेत्रमा काम गर्न सुरु गरेका भण्डारी जनचेतना साप्ताहिक, देउराली दैनिक वुटवल, वुटवल एफएम, नेपाल एफएम नेटवर्क, रेडियो आँधिखोला, नेपालवाणी नेटवर्क हुँदै वि.सं २०७१ सालबाट राससमा काम गर्दे आएका छन् ।  
 
भण्डारी नेपाल प्रेस युनियन वुटवलको सहसचिव, काठमाडौं शाखाको सचिव उपाध्यक्ष हुँदै हाल सल्लाकार छन् । उनी हाल नेपाली रेडियो नेटवर्कका निर्देशक समेत हुन् । डेढ दशकदेखि पत्रकारिता अनुभव सम्हाल्नुभएका भण्डारीले आमसंचार तथा पत्रकारिता र समाजशास्त्र गरी दुई विषयमा स्नाककोत्तर गरेका छन् । 
 
भण्डारी सम्भवत: सबैभन्दा कान्छो उमेरको प्रेस संयोजक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ