arrow

असोजमा बोल बम

इन्द्रपुजाका दिन लाग्ने एक मात्र बोल बम मेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
asoj-bolbom.jpg

धनुषा । साउन महिना बोल बम लगाने बित्तिकै तराई मधेसमा बोल बमको लहर चल्छ । तर शुक्ला चतुर्दशीको दिन धनुषा जिल्लाको सबैला, सतोषरमा लाग्ने बोल बम मेला बेग्लै आकर्षण देखिन्छ । 

यस वर्ष मलमास हिसाबले असोजमा आएको हो । तर गत वर्षको तुलनामा यस वर्ष कवरिया सहभागी भएनन् ।

हिन्दू धर्मावलम्बीहरूले शिवको पूजा गर्नेछ । शिवको पूजा हरेक वर्ष यहाँ मनाइने गरिन्छ । साउन चढेसँगै सबैलामा जताततै बोल बमको चहलपहल बढ्दो देखिन्छ । सबैला नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनिष रायका अनुसार विगत कयौँ कालदेखि नै आउँदै गरेको बर्सेनि बोल बम यस वर्ष असोज महिनाको अन्नद चतुर्दशीको दिन बोल बम गेरु वस्त्र धारण गरी कमला नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ ।

कमला नदिबाट जल ल्याई “बोल बम” भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिएको छ । हरेक साल बोल बम यात्रा गर्नेहरूको ठूलो भीड बरमझिया,रघुनाथपुर,बर्कुर्वा,सबैला, गोविन्दपुर,सतोखर सबैला नगरसमेत बोलबममय भएको छ ।

धनुषा जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थलको रूपमा मानिने सप्तेशवरनाथ महादेव मन्दिर बोल बम यात्रा गर्ने यात्रीहरूको बढ्दो चहलपहलले खास गरेर सबैला र कुशमाहा (सतोखर) मा कावरियाहरुको भिड बढी देखिन्छ । सबैला नगरपालिकामा बर्सेनि बोल बम कार्यक्रमको आयोजना गरिँदै आइएको छ । बरमझिया स्थित कमला नदीमा कावरियाहरु कमला नदीमा स्नान गरी जल लिएर आफ्नो बोल बम यात्रा तय गर्छन् ।

बोल बम यात्रामा युवायुवतीको आकर्षण पनि उत्तिकै छ । बोल बम गर्न विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।पछिल्लो समय विभिन्न ठाउँहरूबाट बोल बम यात्राका लागि सबैला आउने क्रम वृद्धि थियो तर गत वर्ष झैँ यस वर्ष कवरिया सहभागी भएको छैन अहिलेसम्म १३ हजार मात्रै आएका हुन भने ।

बोल बम जाने वा फिर्ती हुने कबडीयाहरुको ठुलो भिड लागेको छ । चर्को घाममा नाङ्गो खुट्टा भगवान् शिव जी लाई खुसी पार्न श्रद्धालुहरूले शिव मन्दिरमा जल चढाउन जल लिइ आउने र जल लिइ जाने कबडीयाहरुको भिड उतिकै देखिन्छ ।

जल लिइ जाने कबडीयाहरुको लागि बाटोमा स्थानीय बासिले कबडीयाहरुको स्वागतको लागि दिल खोलेर लागेको हुनेछ । चर्को घाममा नाङ्गो खुट्टाका भक्तजनहरूलाई शीतल हुने पानीको व्यवस्था घाइते बमहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ ।

धनुषा सबैला नगरपालिकाको कुशमाहा सतोषर स्थित श्री सप्तेश्वरनाथ महादेव मन्दिरमा मेला, कमला नदीबाट जल भरेर सो मन्दिरमा चढाइने यो मेला भदौ असोजमा इन्द्रपुजाका दिन लाग्ने एक मात्र बोल बम मेला हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ