arrow

धार्मिक तथा साम्प्रदायिक सद्भाव खलबलिन लागेको माओवादीको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
maoist-cpn.jpg

काठमाडौं ।  सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खलबलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खलबलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो । 

पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए । 

उनले देशमा अराजकताको सङ्केतहरू देखा परेका भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए । 

उनले भने,' सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका सङ्केतहरू देखा परेका छन् । त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ