arrow

एमाले मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरमा

logo
निरञ्जन साह
प्रकाशित २०८० असोज ११ बिहिबार
UML-Madhesh.jpg

धनुषा । नेकपा एमालेले मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा असोज २४ र २५ मा गर्ने भएको छ । 

‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वभिमान र समृद्विका लागि एमालेको सरकार’ भन्ने मूल नाराका साथ एमालेले मधेश प्रदेशमा अधिवेशन गर्न लागेको हो । 

एमालेका सचिव एवं मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले बिहीबार पत्रकार सम्मेलनमार्फत मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजनिक गरे । 

इञ्चार्ज भट्टराईले विगतको ६ वर्षको मूल्याङ्कन गर्दा एमालेको सरकार बिना मधेश प्रदेशको विकास र समृद्विको सम्भावना नरहेकाले यसै नाराका साथ २०८४ को चुनावमा पनि जाने बताए ।

विगत छ वर्षमा मधेश केन्द्रित दलले मधेशमा विकास, सुशासन, सुरक्षासहितको सवालमा राम्रो काम गर्न नसकेको उनले आरोप लगाए ।

प्रदेश अधिवेशनको २४ गते महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। 

अधिवेशनमा एक हजार प्रतिनिधीहरुको सहभागिता रहने भट्टराइले बताए ।

सो अवसरमा पार्टीका मधेश अध्यक्ष रामअवतार यादव, पूर्व मन्त्री जुली महतो, लिलानाथ श्रेष्ठ लगायत सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ