arrow

तिहारमा पनि बन्दीको मुद्दा सुनुवाइ हुने

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
Supreme-Court4.jpg.jpeg
काठमाडौँ । सर्वोच्च अदालतले तिहार पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भएको छ । तीन दिन भन्दा बढी अदालत बन्द रहने भएमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्ने कानुनी व्यवस्था अनुसार तिहार पर्वमा पनि बन्दीको मुद्दा सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । 
 
सो अवधिमा सर्वोच्च अदालतसहित मातहातका अदालतहरुमा पनि बन्दीको मुद्दामा सुनुवाइ हुनेछ । शनिबार र भाइटीकाको दिनबाहेक अरु दिन अदालत खुल्ला रहनेछ । सर्वोच्च अदालतले सो अवधिमा न्यायाधीश सपना मल्ल प्रधान रहनेछिन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ