arrow

लोकमानमाथि महाभियोग लगाउनु नकारात्मक : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
PM-dahal-stu-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध काम गर्ने संवैधानिक संस्थाको प्रमुख माथिनै महाभियोग लगाउनु नकारात्मक भएको बताएका छन् । 
 
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेको संयुक्त विद्यार्थी संगठनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘महाभियोग आफैँमा नकारात्मक कुरा हो । तर, लोकमान महाभियोगमा तीन दलीय सहमति नकारात्मक भित्रको सकारात्मकता हो ।’ सोही कारण मुख्य तीन दलबीचमा समान धारणा बन्नु महत्वपूर्ण पक्ष हो । 
 
यस्तै दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई नै महाभियोग लगाउनुपर्ने परिघटना आफैंमा नकारात्मक भए पनि परिणाम सकारात्मक निस्कने बताए । प्रधानमन्त्री दाहालले यसबारे मधेसका दलहरुसँग पनि छलफल भइरहेको बताएका अनेरास्ववियु सचिव आरसी लामिछानेले बताए । 
 
महाभियोगलाई सर्वसहमतिले टुङ्गो लगाउने गरी छलफल भएको प्रधानमन्त्री दाहालले विद्यार्थी नेताहरुलाई सुनाएका छन् । यस्तै, प्रधानमन्त्री दाहालले संयुक्त विद्यार्थी संगठनको आन्दोलले सकारात्मक सन्देश दिएको भन्दै दलहरूलाई एकै ठाउँमा ल्याउन र जनमत निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताए । 
 
प्रधानमन्त्रीसँगको भेटमा नेविसंघ अध्यक्ष नैनसिह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानलगायत विद्यार्थी नेताहरु सहभागि थिए ।
 
१३ विद्यार्थी संगठन सम्मिलित संयुक्त विद्यार्थी संगठन लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग पारित नभए सम्म निरन्तर आन्दोलनमा रहने सचिव लामिछानेले बताएका छन् ।  यसअघि संगठनहरुले एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगरलाई महाभियोग तत्काल पारित गर्न भन्दै ध्यानाकर्षण गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ