arrow

पशुपतिको जलहरीको अनुसन्धान गरेका राष्ट्रपति कार्यालयका सहसचिवको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
sital-niwas.jpeg

काठमाडौँ । पशुपतिको जलहरी प्रकरणको अनुसन्धान गरेका शेरजङ्ग कार्कीको निधन भएको छ । शुक्रबार बिहान अस्पताल पुर्‍याइँदै गर्दा उनको निधन भएको हो । 

उनी हाल राष्ट्रपतिको कार्यालयमा सहसचिव थिए । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुँदा उनकै नेतृत्वमा पशुपतिको जलहरी प्रकरणको अनुसन्धान भएको थियो ।

कार्की गत असार २० गतेदेखि राष्ट्रपति कार्यालयमा हाजिर भएका थिए । कार्यालयमा उनी कानुन महाशाखाका सहसचिव थिए । 

५२ वर्षीय कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइँदै उनको निधन भइसकेको नर्भिक अस्पतालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ